निर्वाचन आयोग पुग्यो नेकपा खारेज भएको सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको आदेश निर्वाचन आयोग पुगेको छ। निर्वाचन आयोगले नेकपा खारेज गर्ने सर्वोच्चको उत्प्रेषण आदेशको पत्र आयोगमा प्राप्त भएको जानकारी दिएको छ।
प्रेस बिज्ञप्ती
सम्मानीत सर्वोच्च अदालतको च।नं।२२७३ मिति २०७७।११।२३ को मुद्दा नं ०७५ wo ०५१७ को आदेश/फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यूनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने यस आयोगबाट मिति २०७५।०२।२३ र मिति २०७५।०७।०९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज मिति २०७७।११।२३ गते कार्यालय समयमा नै प्राप्त भई यस आयोगमा दर्ता नं १०१४ मा दर्ता भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment