अष्ट्रेलिया अवार्डबाट नेपाली महिलाहरु सम्मानित

डिसी नेपाल
२४ फागुन २०७७ १४:०३
324
Shares

काठमाडौं। अष्ट्रेलिया अवार्डबाट चार जना नेपाली महिला सम्मानित भएका छन्। कोभिड–१९ रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्याएवापत उनीहरु सम्मानित भएका हुन्।

अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी वरिष्ठ वातावरणविद् डा.अनुश्या जोशी, युनिसेफ भैरहवाकी खाद्य अधिकृत मीना थापा र राष्ट्रिय दलित समाज कल्याण कोषकी कार्यक्रम अधिकृत शान्ति ब्रम्हाशाखा छन्।

नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कका अनुसार १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *