विवाहेतर यौन सम्बन्ध राखेको आरोपमा ४ जोडीलाई २०–२० कोर्रा, तस्वीरहरु हेर्नुहोस्
काठमाडौं। इन्डोनेसियामा विवाहेतर यौन सम्बन्ध राखेको आरोपमा चार जोडीलाई २०–२० कोर्रा लगाइएको छ। सोमबार शरिया कानुनद्वारा शासित अति रूढिवादी आसेह प्रान्तमा ती पुरुष तथा महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा लगाइयो । कोरोनाभाइरस महामारीको बावजुद यो क्रुर सजाय दिइएको हेर्न भीड जम्मा भएको थियो ।
थुप्रैले आफ्नो फोनमा फोटो तथा भिडियोहरू खिचेका थिए । अनुहारमा मास्क लगाएका ती जोडीहरूलाई कोर्रा लगाउनुअघि चिकित्सा अधिकारीहरूले जाँचे र हतकडी लगाएर कोर्रा लगाइने ठाउँसम्म लगिएको थियो । अनुहार ढाकेका एक अधिकारीले उनीहरुलाई कोर्राको सजाय दिए ।
आसेह विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुस्लिम–बहुल देशको एक मात्र प्रान्त हो जहाँ इस्लामी कानून लागू गरिएको छ । आसेहका ५० लाख बासिन्दाहरूमध्ये ९८ प्रतिशत मुसलमान हुन् । सन् २००१ मा विशेष स्वायत्तता प्रदान गरिएपछि आसेहले शरिया कानुनलाई अपनाएको थियो । यो लामो समयसम्म चलिरहेको पृथकवादी विद्रोहलाई रोक्न केन्द्रीय सरकारले गरेको प्रयास थियो।
















No ads found for this position

डिसी नेपाल
Facebook Comment