हरेक दिन छिमेकीले यौन सम्बन्धका क्रममा चर्को आवाज निकालेर सुत्न नदिएपछि…

डिसी नेपाल
२५ फागुन २०७७ १७:४४

काठमाडौं। छिमेकी जोडीले यौनसम्बनधका क्रममा अत्याधिक चर्को आवाज निकालेर सुत्न नदिएपछि आक्रोशित महिलाले ती छिमेकीहरुलाई सम्बोधन गर्दै पत्र नै लेखेकी छिन् । अस्ट्रेलियाको ब्रिसबेनमा बस्ने ती महिला छिमेकीको चर्तिकलाबाट यतिसम्म दिक्क भएकी थिइन् कि उनले पत्रमा छिमेकीहरुलाई उनीहरुको भित्ता कागजजस्तै पातलो भएको र शारीरिक सम्बन्धको क्रममा उनीहरुको हरेक आवाज आफूले सुन्न सक्ने बताएकी छिन् ।

द सनको रिपोर्टअनुसार यो पत्र सामाजिक संजाल रेडिटमा शेयर भएपछि भाइरल भएको छ । पत्रमा लेखिएको छ ‘तपाइँहरुले आफ्नो वरिपरी बस्नेहरुप्रति खासै सम्मान देखाउनुभएको छैन तर उनीहरुका साना साना बच्चाहरु छन् र ती बच्चाहरुलाई तपाइँहरुको आवाजले चोट पुग्न सक्छ । तपाइँहरुको यौन चर्तिकलापछि बिहानसम्म हाँसो र गफ चलिरहन्छ । वास्तवमा हामी तपाइँहरुका हरेक शब्द सुन्न सक्छौं । के तपाइँहरु यसलाई घटाउन सक्नुहुन्छ ?’

पत्रमा छिमेकीहरुलाई यौन सम्बन्धका क्रममा झ्याल बन्द गर्न समेत आग्रह गरिएको छ । यदि भविष्यमा यो जारी रहेमा ध्वनी प्रदुषण नियन्त्रकलाई फोन गर्ने र उनीहरुको नाम र ठेगाना पेडिंटन मिल्टन फेसबुक समाचार ग्रुपमा शेयर गरेर बेइज्जत गरिदिने चेतावनी पनि पत्रमा दिइएको छ । उनीहरुको छेउका फ्ल्याटमा यौन र पोर्नको दुर्व्यसनीबाट सुधार हुँदै गरेकाहरु पनि बस्ने भएकोले यो जोडीले आफूहरुको यौनिक क्रियाकलाप निजी राखेमा आफूहरु आभारी हुने पनि बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *