कामनपाद्वारा १ तहमाथिकाे पदमा कर्मचारी समायोजन

डिसी नेपाल
२६ फागुन २०७७ १०:१५
68
Shares

काठमाडाैं । काठमाडौँ महानगरपालिकामा कार्यरत १ हजार ५ सय ५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ। यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो।

समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ। समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो।

समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताए।

“समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु। उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ”, प्रमुख शाक्यले भने।

आगामी दिनमा कर्मचारीको काँधमा थप जिम्मेवारी थपिएको भन्दै कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै नगरसभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेको धारणा राखिन्। यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक रु ३० लाख ५० हजार आर्थिक दायित्व थपिने छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.