नेकपाको साइनबोर्ड हटाएर संसदीय दलमा एमालेले राख्यो एमालेको साइनबोर्ड

डिसी नेपाल
२६ फागुन २०७७ १२:३८
64
Shares

काठमाडौं। सर्वोच्चले नेकपा खारेज गरेसँगै एमालेले नेकपाको साइनबोर्ड हटाउन थालेको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीबाट नेकपाको साइनबोर्ड हटाएको नेकपा एमालेले बुधबार संसदीय दलको कार्यालयमा नेकपाको साइबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखेको छ।

निर्वाचन आयोगबाट पत्र प्राप्त भएपछि संसदीय दलमा नेकपा एमालेको साइनबोर्ड राखिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।  संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *