एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

डिसी नेपाल
२८ फागुन २०७७ ९:००
236
Shares

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। सर्वोच्च अदालतले नेकपालाई खारेज गरेर एमाले र माओवादीलाई पूवर्तवत अवस्थामा फर्काएपछि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी दिए। ‘चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाउने तय भएको छ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरिएको हो।’

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.