शिवरात्रिमा नागा बाबालाई निवस्त्र पशुपतिनाथमा बस्न दिनु कति उचित?
काठमाडौं। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन भगवान् शिवजी उत्पत्ति भएको रातको अवसरमा शिवरात्रि पर्व मनाइन्छ। यसै अवसरमा हिन्दु धर्मालम्बीहरुले यो वर्षको शिवरात्रि बिहीबार देशभर भव्य तरिकाले मनाए।
शिवरात्रिकै अवसरमा काठमाडौंको पशुपत क्षेत्रमा भक्तजनहरुको ठूलो भिड लाग्यो। तर, मन्दिर परिसर भित्र गएका भक्तालुहरु लज्जित भएको महशुस गर्छन्। कारण हो, त्यहाँ बस्ने नागा बाबा।
चर्को गर्मीमा चार, पाँच घण्टाको लाइन बस्दै बालाकदेखि वृद्धासम्म पशुपतिनाथाको दर्शन गर्न गएका हुन्छन्। कोही दिदी बहिनीसँगै गएका हुन्छन् त कोही आफ्नो सपरिवारसहित पशुपति दर्शन गर्न गएका हुन्छन्।
त्यहाँ रहेका नागा बाबाहरुका कारणले सपरिवार जान पनि लजाउने, महिलाहरु टाउको झुकाएर भुइँमा हेरिरहेको देखिन्छ। प्राय महिलाहरु त पूरै पूजा अवधिभर शिर निहुराएर लाइन लागिरहेका हुन्छन्। कोही आफ्नो परिवारको मुख हेरेर कुरा गर्न सक्दैनन्। यो देख्दा बालबालिकाहरुको मानसपटलमा के घट्छ होला? यसविषयमा सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी भइरहेको देखियो।
धार्मिक, आध्यात्मिकका साथै मानवीय, स्वास्थ्य एवं संवेदनाको दृष्टिकोणले पनि यसको कुनै उपयुक्त कारण नभएको जानकारहरु बताउँछन्। स्वच्छ, सभ्य समाज र राष्ट्र निर्माणका लागि हामीहरुले यस्ता चाडपर्व, संस्कार र संस्कृतिका नाममा भएका विकृतिहरुलाई त्यागेर राम्रा पक्षलाई मात्र अँगाल्नु पर्छ।
यस विषयमा पशुपति क्षेत्र विकास कोष पनि जानकार रहेको देखिन्छ। परम्परादेखिनै नागा बाबाहरु मन्दिर परिसरभित्र बस्न पाउने व्यस्था रहेको र यो समयक्रमसँगै सुधारउन्मोख रहेको बताउँछन् पशुपति क्षेत्र विकासकोष सञ्चालक समितिका सदस्य अर्जुन बाँस्तोला।
‘बाहिर आउँदा हामीले कपडा लगाएर आउन निर्देशन जारी गरेका छौँ। उनले भने, ‘यो पहिलेदेखि नै चल्दै आएको छ। अझ लिच्छिविकाल, मल्लकालमा त यस्तो तीन दिन सम्म चल्थ्यो भने त्यसपछि शाहकालमा ५ दिनसम्म बनाइएको थियो।मन्दिर परिसर बाहिर पनि नांगै बस्ने गर्दथे। हामीले यो अलि उचित होइन कि भनेर १ दिनमा झारेका छौँ। यो भन्दा पहिले त उनीहरु मन्दिर परिसर बाहिर पनि नागै हुने गर्दथ्ये। यसालई सुधार गर्दै हामीले मन्दिर परिसर भित्रमात्रै नागा बस्न पाउने व्यवस्था गरेका छौं।’
उनले सनातन धर्म, संस्कृतिको नाममा कुनै पनि अन्धविश्वासलाई जगेर्ना गर्नुहुँदैन भन्ने हाम्रो स्पस्ट धारणा रहेको बताए। हाम्रो संस्कृतिमाथि हुँदै गएको प्रहारबाट अहिलेको पुस्तालाई जोगाउन हाम्रो वास्तविक संस्कृति हो। यसको संरक्षण यसरी हुन्छ भनेर सबैलाई पर्याप्त जानकारी दिन आवश्यक छ। सभ्य, शान्त र सुसंस्कृत समाजका लागि कुनै पनि अन्धविश्वासलाई अँगाल्न उचित हुँदैन। यो संस्कृतिको संरक्षण होस्, विकृति नदोहोरियोस् भन्ने तर्फ सबैले सोच्नु पर्छ।
No ads found for this position



Facebook Comment