ओली समूहले पद खारेज गरेपछि माधव समूहले बोलायो आकस्मिक बैठक
फाइल फाेटाे
काठमाडौं। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विरोधीहरुलाई साइड लगाउँदै पार्टीमा महत्वपूर्ण निर्णय गराएपछि माधवकुमार नेपाल समूहले आकस्मिक बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको एक नेताले जानकारी दिए।
बैठक केही बेरमै शुरु हुने जनाइएको छ। ओली समूहको बालुवाटारमा बसेको बैठकले पार्टीको महाधिवेशन तोक्नेदेखि अध्यक्ष र महासचिबबाहेक सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment