वामदेव गौतमको प्रतिक्रियाः ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयो

डिसी नेपाल
२८ फागुन २०७७ १९:५८
2.1k
Shares

काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर एमालेको विधान नै संशोधन गर्दै अध्यक्ष महासचिबबाहेक सबैको पद खारेज गरिदिएपछि उपाध्यक्ष वामदेव गौतमले तिखो प्रतिक्रिया दिएका छन्।

उनले शुक्रबारको निर्णयपछि ओलीसँग अब मिल्ने सम्भावना नै समाप्त भएको बताएका छन्। तत्कालिन नेकपा दुई समूहमा विभाजित हुँदा गौतम फेरि पार्टी एकीकरण गर्ने भन्दै एकता राष्ट्रिय अभियान बनाएर सक्रिय भएका थिए।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि नेताहरुबीच नयाँ सहमित गरेर एमालेलाई क्रियाशील बनाउनुपर्ने धारणा उनको थियो। तर, ओलीले शुक्रबार पार्टी नै कब्जा गर्ने गरी निर्णय गराएपछि गौतम आक्रोशित बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *