अतिवादको अन्त्य हुन्छ, विचलित नहोऔं : योगेश भट्टराई
फाइल
काठमाडौं। पुनस्स्थापित नेकपा एमालेका नेता योगेश भट्टराईले अतिवादको अन्त्य गर्नका लागि बिचलित नहुन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो नामबाट पोष्ट गर्दै भट्टराइ भन्छन्, ‘बिचलित नहोऔं, धैर्यता र संयमता नगुमाऔं, सहि र सशक्त ढंगले प्रतिवाद गरौं एकताको बिकल्प छैन, अतिबादको अन्त्य हुनेछ।’
प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो आफ्ना समूहको केन्द्रीय समिति बैठक गरेर पार्टीलाई हानी गर्ने गरी एकलौटी निर्णय गरेको तर्फ संकेत गर्दै उनले यसो भनेका हुन्। शुक्रबारमात्र बसेको ओली पक्षीय भेलाले अध्यक्ष र महासचिव बाहेक एमालेका सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेको थियो।
ओली पक्षीय भेलाको निर्णय बाहिरिए लगत्तै शुक्रबार नै काठमाडौंमा नेकपा एमाले माधव नेपाल पक्षीय स्थायी समिति बैठक बस्यो। बैठकले ओलीको कदमको कडा प्रतिरोध गर्ने जनाएको छ।
उता ओली एमालेका तर्फबाट प्रवक्ता प्रदिप ज्ञवालीले जारी गरेको विज्ञप्ती अनुसार नवौं महाधिवेशनमा निर्वाचित कसैको पद खोसिएको नभइ एकता प्रकृयाको बेला एमाले पक्षमा आएका एकता अघिका माओवादी केन्द्रका नेताहरुलाई उचित समायोजन गर्नका लागिमात्र जिम्मेवारीमा केही फेरबदल भएको हो।
तर ओलीको यो कदमलाई शुक्रबार भएका निर्णयहरु आगामी चैत १ गते हुने भनिएको केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्नका लागि गरिएको चलाखी हुनसक्ने अनुमान लगाउन थालिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment