कांग्रेसलाई सरकारको नेतृत्व गर्नुपर्यो भनेको छैन : जसपा नेता शुक्ल

डिसी नेपाल
२८ फागुन २०७७ २३:०८
124
Shares

काठमाडौं। जनता समाजवादी पार्टीले कांग्रेसलाई भावी सरकारको नेतृत्व गर्नका लागि नभनेको सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं वार्ता टोली सदस्य सर्बेन्द्रनाथ शुक्लले बताएका छन्।

शुक्रबार दिउंसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबीच बार्ता भएको थियो। सो बार्तापछि नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सबै विपक्षीहरु मिलेर ओली सरकारको विकल्प खोज्ने प्रस्ताव आएको दावी गरेका थिए। र, यसका लागि कांग्रेसले काम गरिरहेको पनि दावी गरेका थिए।

तर, सो दावीको खण्डन गर्दै जसपा नेता शुक्लले अहिले कस्ले सरकार बनाउने वा को प्रधानमन्त्री हुने भन्ने कुरै नभएको बताए। डिसी नेपालसँग कुरा गर्दैै नेता शुक्लले भने, ‘हामीले कांग्रेसलाई सरकारको नेतृत्व गर्न अघि सर्नुहोस् हामी समर्थन गर्छौं भनेकै छैनौं।’

उनले सबै विपक्षी एक भएर सरकारविरुद्ध लाग्ने कि नलाग्ने भन्ने आफ्नो एजेण्डा नभएको बरु नागरिकता, संविधान संशोधन, झुठा मुद्दा फिर्तालगायतका जसपाका एजेण्डाहरुमा ठोस सहमती खोजिएको बताए।

देउवासहित कांग्रेस नेताहरुसँगको बार्तापछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका अध्यक्ष महन्त ठाकुरले मधेशका मुद्दाका लागि अरु दलका नेता पनि ओलीभन्दा फरक नदेखिएको प्रतिक्रिया दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.