माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्री बनेकाहरुलाई कारवाहीको तयारी
फाइल फोटो
काठमाडौं। आगामी रणनीति तय गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शनिबार बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान बस्ने बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने स्रोतले जनाएको छ।
यस्तै आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बारेमा र सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा पनि छलफल हुने बताइएको छ।
माओवादी केन्द्रले सो निर्णय गरेमा हाल सरकारमा रहेका मन्त्रीहरुको सांसद पद खारेज हुने छ।
शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक मार्फत माओवादी केन्द्रका नेताहरूलाई एमालेको केन्द्रीय सदस्य नियुक्त गरेका थिए। यद्यपि वरिष्ठ नेता माधव नेपाल पक्षले भने यसमा कडा आपत्ति जनाइसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment