ओली नेतृत्वको सरकार हटाउन म्याण्डेट दिएका छौँ – रामचन्द्र पौडेल

डिसी नेपाल
२९ फागुन २०७७ १०:३६
120
Shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा आएको राजनीतिक संकट अन्त्यका लागि ओली नेतृत्वको सरकार हटाउनै पर्ने बताएका छन्। नेपाल प्रेस युनियनले शनिबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।

उनले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि सकवर कांग्रेस नेतृत्वमा नभए माओवादी वा जसपाकै नेतृत्व ल्याएर पनि ओली सरकार हटाउनुपर्ने बताए। लामो समयसम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ भनेर सभापतिलाई रोकेको भएपनि अब अति भएकोले हिजोको बैठकमा जसरी पनि ओली हटाउनुपर्छ भनेर म्यान्डेट दिएको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र्याएको विकृतिमा अदालतले अर्को विकृति थपेको उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *