पार्टी त्यागेका २३ जनालाई माओवादीले माग्यो २४ घण्टे लिखित स्पष्टीकरण

डिसी नेपाल
२९ फागुन २०७७ ११:०५
424
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी त्याग गर्ने २३ नेतलाई २४ घण्टाभित्र लिखित स्पस्टीकरण दिन निर्देशन दिएको छ। माओवादी केन्द्रको शनिवार बिहान बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो।

यस्तै बैठकले ओली नेतृत्वको सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन समेत दिएको छ।

शुक्रबार मात्रै माओवादीका २३ जना नेता कार्यकर्ता एमालेको केन्द्रीय सदस्य बनेका थिए। उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ।

यसैबीच, उक्त बैठकले चैत १ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक यथावत राख्दै चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला भने स्थगित गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *