महन्थ ठाकुरले भने, ‘हामीलाई यो देशमा कुनै स्थान छैन’

डिसी नेपाल
२९ फागुन २०७७ १३:१८
4.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको स्थान कुनै पनि ठाउँमा नभएको गुनासो गरेका छन्। सत्ता समीकरणको लागि सबै पक्षसँग छलफल गरिरहेको उनको पार्टीले आज नेकपा माओवादी केन्द्रसँग छलफल गरेको थियो।

माओवादी केन्द्रसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै ठाकुरले भने, ‘यो देशमा हाम्रो स्थान कहीँ छैन। आन्दोन गर्ने बेला हामी हुन्छौं तर, परिणामका भागेदार हामी हुँदैनौं। संसदमा, कर्मचारीमा सबैमा ती तीन दलको मात्र छ।’

आफूहरुले सबैसँग कुरा मात्र गरेको र कुनै पनि निष्कर्षमा नपुगेको ठाकुरको भनाई थियो। तीन दलीय गठबन्धनमा पनि आफूहरु नपरेको उनले गुनासो गरे।

‘शासन, प्रशासन, सुरक्षा र संसद कहीँ पनि हामीलाई आवश्यक पर्दा हामी हुँदैनौं। वार्ता भइरहेको छ। टुङ्गोमा कहिलै पुग्दैन।’ ठाकुरले भने, ‘सबै ठाउँमा कोही न कोही वाधक भइहाल्छन्। हामी न्यायको खोजीमा छौं कहीँबाट पाइरहेका छैनौं।’

पुनः बैठक बस्ने र छलफल गर्ने गरी आजको बैठक सकिएको छ। सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र व्युताइदिएपछि सत्ता समीकरणका लागि नेताहरुको दौडधुप चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *