वामदेव नेतृत्वको एकता अभियानले भन्यो : निर्वाचित पदाधिकारीलाई पूर्ण बैठकले पनि हटाउन सक्दैन

डिसी नेपाल
२९ फागुन २०७७ २३:२१
748
Shares

काठमाडौं। वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियानले शुक्रबार बालुवाटारमा भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सम्बद्ध केन्द्रीय सदस्यहरुको भेला गरेका निर्णय अवैधानिक रहेको बताएको छ।

अभियानको शनिबार बसेको कार्य सम्पादन समितिको बैठकबारे अभियानका सचिव बाबुराम थापाले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। उनले बैठकले शुक्रबारबारको बालुवाटार बैठकका निर्णय अवैधानिक भन्दै पार्टीको विधानअनुसार सबै मिलेर जानुपर्ने निश्कर्ष बैठकले निकालेको जनाएका छन्।

बैठकले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीमा व्यक्तिवादी, अहंतावादी र पुरोहतिवादी सोँच विकास हुँदै गएको आरोप लगाउँदै यस्तो सोँचले एमालेमात्र नभै सिंगो कम्यनिष्ट आन्दोलन नै समाप्तीको बाटोमा जाने निश्कर्ष निकालेको छ। बैकठले विधान वपरित भएका गतिविधि सच्याउनुपर्नेसमेत निश्कर्ष निकालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *