आईपीएल अगाडि धोनीको नयाँ अवतार !
काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी नयाँ अवतारमा देखिएका छन् । ईण्डियन प्रिमियर लिग (आईपीएल)को अगाडि उनको नयाँ अवतारको तस्वीर स्टार्स स्पोट्र्सले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा सेयर गरेको छ ।
उक्त तस्वीरमा धोनी भिक्षुको अवतारमा देखिएका छन् । उनले आफ्नो टाउकाको रौँ खौरिएका छन् भने भिक्षुको कपडामा शान्त देखिएका छन् । उनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । धोनीको यो नयाँ लुक आईपीएल २०२१ को कमर्शियलको भाग रहेको बताइएको छ ।
उनका फ्यानहरुले भने तस्वीर निकै रुचाएका छन् ।
😮😮😮 – our faces since we saw #MSDhoni‘s new avatar that could just break the Internet! 🙊What do you think is it about? pic.twitter.com/Mx27w3uqQh
— Star Sports (@StarSportsIndia) March 13, 2021
प्रतिक्रिया
Facebook Comment