हामी नेपाली १०० रुपैँया कमाउँछौ ९१ रुपैयाँ खर्च गर्छौ

डिसी नेपाल
१ चैत २०७७ ६:५६
832
Shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ र २०२० मा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेको पाइन्छ। यसको अर्थ नेपालीले एक सय रुपैँया कमाउँदा ९१ रुपैयाँ खर्च गरेका छन्।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण मुलुक लामो समयसम्म बन्दाबन्दीमा प¥यो। आर्थिक क्रियाकलाप ठप्प भए । अधिकांशले रोजगारी गुमाए । आम्दानीका स्रोत खुम्चिए अनि बचतमा ह्रास आयो। नेपालीको बचत गर्ने क्षमता घटेको छ।

‘सरदरमा नेपालीले १ सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब ९ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो।’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ।’

विभागले आधार वर्ष २०१०÷११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८÷१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९÷२० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो। यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ। आजको नागरिक दैनिकमा समाचार छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *