सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

डिसी नेपाल
२ चैत २०७७ १५:५३
724
Shares

काठमाडौं। माओवादी केन्द्र तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गर्दै दुबे पार्टीलाई पूर्ववर्त अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ।

सोमबार बसेको केन्द्रीय बैठकले पुनरावलोकनमा जाने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले केही दिनका लागि केन्द्रीय समिति बैठक स्थगितसमेत गरिएको जानकारी दिए। उनले यो बीचमा अब पुनरावलोकन जाने, र विपक्षी दलहरुसँग वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्ने बताए।

उनले सोमबारको केन्द्रीय समितिको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, रामचन्द्र झा लगायत २० जना आ आफ्नो धारणा राखेको बताए। उनले बैठकमा बोल्ने नेताहरुले आफ्ना कमीकमजोरीबारे समीक्षा गर्नुपर्ने कुरा उठाएको बताए। सबै नेताहरुको निचोड संगठन निर्माणमा लाग्नुपर्नेमा रहेको उनले बताए।

 

बादलहरुले स्पष्टीकरणको जवाफ नपठाएकाले उनीहरुबारे थप निर्णय नभएको र कारबाहीको निर्णय यसअघि नै भइसकेकाले सोहीअनुसार कार्यान्वयन हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.