बारामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा बारामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्तीका पहलवानहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी केशव दास, रोहित पहलवान (दिल्ली), राजेश दास (अयोध्या), गामा पहलवान (बनारस), ज्ञानेन्द्र थापा (नवलपरासी), विवेक दास बाहराईज (यूपी), केशरी संजय सिंह पहलवान (हरिद्धार– उतराखण्ड), रितेश पहलवान (बनारस), कणि पहलवान, अशोक पहलवान (दिल्ली), विजय पहलवान (हरियाणा), विजय यादव बीएमपी (पटना), संदिप पहलवान (राजस्थान), राहुल सिंह पहलवान (राजस्थान), काला पहलवान (राजस्थान) र विजय पहलवान (चण्डीगढ)को सहभागिता रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment