बटलरको उत्कृष्ट ब्याटिङमा ईंग्ल्याण्डको सहज जित

डिसी नेपाल
३ चैत २०७७ २३:०२
204
Shares

काठमाडौं । तेस्रो टी२० खेलमा पाहुना टोली ईंग्ल्याण्डले घरेलु टोली भारतमाथि सहज जित हासिल गरेको छ । मंगलबार अहमदाबादमा भएको खेलमा ईंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो ।

भारतले दिएको १५७ रनको लक्ष्य र्ईंग्ल्याण्डले १० बल बाँकी हुँदै मात्र २ विकेट गुमाएर पुरा ग¥यो । त्यसका लागि जोस बटलर र जोनी बेयरस्टोल राम्रो साझेदारी गरे । बटलरले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ५ चौका र ४ छक्को मद्दतमा ८३ रन बनाए । यस्तै बेयरस्टोेले ४० रन तथा डेविड मलानले १८ रन बनाए । भारतका युजवेन्द्र चहल र वासिंटन सुन्दरले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । त्यसका लागि कप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ७७ रन बनाए । यस्तै ऋषभ पन्तले २५ रन बनाउँदा हार्दिक पाण्ड्याले १७ तथा रोहित शर्माले १५ रन बनाए । ईंग्ल्याण्डका मार्क उडले ३ तथा क्रिश जोर्डनले २ विकेट लिए ।

जितसँगै ५ खेलको सिरिजमा ईंग्ल्याण्डले २–१ को अग्रता बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.