एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड विश्वकप छनोट खेलमा अनुपस्थित हुने
काठमाडौं । एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड इंग्ल्याण्डको तीनवटा विश्वकप छनोट खेलमा अनुपस्थित हुने भएका छन । पेटको मांसपेशीमा आएको समस्याले पिकफोर्डले यसै महिना हुने छनोट खेल नखेल्ने भएका हुन । २७ वर्षीय पिकफोर्ड प्रिमियर लिग अन्तगर्त बर्नली विरुद्धको खेलमा हाफटाइम सकिनु अघि मैदान छोड्नु परेको छ । चोटले गर्दा पिकफोर्डले शनिबार नै हुन लागेको एफए कप अन्तगर्त म्यान्चेष्टर सिटी विरुद्धको क्वार्टरफाइनल खेलमा समेत अनुपस्थित हुनेछन । इंग्ल्याण्डले यसै महिना सान मारिनो, अल्बानिया र पोल्याण्ड विरुद्ध छनोट खेल खेल्नेछ ।
इंग्ल्याण्डका प्रशिक्षक गैरेथ साउथगेटले बिहीबार छनोट खेल्ने टोलिको घोषणा गर्नेछन । पिकफोर्डले जोहान बर्ग गुडमुन्डस्सनको प्रहारलाई रोक्न खोज्दा घाइते हुन पुगेका थिए ।







डिसी नेपाल








Facebook Comment