५० ओभरको सिनियर क्रिकेटमा ४ बलमै खेल सकिएपछि…

डिसी नेपाल
४ चैत २०७७ १३:१३
2.2k
Shares

काठमाडौं। ५० ओभरको सिनियर एकदिवसीय क्रिकेट प्रतियोगितामा कुनै टिमले ४ बल मात्रै खेलेर खेल जित्यो भन्ने सुन्दा हामीलाई अचम्म लाग्छ । यद्यपि योभन्दा ठूलो चमत्कार नेपालले यसअघि गरिसकेको पनि छ । अहिले यस्तै रोचक खेल भएको छ । भारतीय क्रिकेट बोर्डको बीसीसीआइ सिनियर महिला वनडे ट्रफीमा यस्तो भएको हो । यो प्रतियोगितामा आज बुधबार भएको खेलमा मुम्बइको महिला टिमले नागाल्याण्डको महिला टिमलाई केवल ४ बलमा पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको नागाल्याण्डलाई मुम्बइले १७ रनमै अलआउट गरेको छ र १८ रनको लक्ष्य केवल ४ बलमै हासिल गरेको छ । मुम्बइलले लक्ष्य हासिल गर्ने क्रममा ३ चौका र १ छक्का प्रहार गरेको छ । इन्दौरको होल्कर स्टेडियममा खेलिएको यो खेलमा नागाल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेका थिएनन् । अन्तर्राष्ट्रिय स्तरमा ५० ओभरको खेलमा सबैभन्दा छिटो लक्ष्य हासिल गर्ने टिम भने नेपाल हो । २००६ मा एसीसी ट्रफी प्रतियोगितामा नेपालले म्यानमारलाई १० रनमा अलआउट गरेको थियो र केवल २ बलमा लक्ष्य हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.