आईसीसी टी–२० वरीयतामा नेपाल यथावत

डिसी नेपाल
४ चैत २०७७ १७:२९
36
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ ।

नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।

यस्तै भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ स्थानमा रहेका छन् । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७० औं स्थानमा यथावत रहेका छन् ।

यस्तै सन्दीप लामिछाने बलिङतर्फ ८३ औं स्थानमा रहेका छन् । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली ब्याटिङ वरीयताको शीर्ष पाँचमा उक्लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.