घर फर्किने भए ४० वर्ष भारतको जेलमा रहेका तिम्सिना, अदालतले छाड्न आदेश दियो

डिसी नेपाल
४ चैत २०७७ २१:३२
2.6k
Shares

काठमाडौं। भारतको कोलकातास्थित जेलमा रहेका ईलामाका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि घर फर्किने भएका छन्। ४० वर्षअघि ईलामको साविक चुलाचुली गाविसस्थित घरबाट गएका तिम्सिना एक हत्या आरोपमा ४० वर्षदेखि भारतका विभिन्न जेलमा बसेका थिए।

कोलकाता उच्च अदालतले बुधबार सुनाएको फैसलामा उनलाई रिहा गर्न आदेश दिएपछि उनको नेपाल फर्किने बाटो खुलेको हो। ४० वर्षदेखि मुद्दाको सुनुवाई नै नगरी उनलाई विभिन्न जेलमा स्थानान्तरण गर्दै आएको खुलासा भएपछि कोलकाता उच्च अदालतले सुनुवाई प्रक्रिया शुरु गरेको थियो।

एक गैरसरकारी संस्थाले दुर्गाबारे खोजी गर्दै नेपालसम्म आइपुगेको थियो। सो संस्थाकै सक्रियताले ईलामस्थित उनकी आमा र भाईले दाई दुर्गा जीवितै रहेको थाहा पाएका थिए। उनका भाईले त कोलकाता पुगेर जेलमै दाइसँग भेटसमेत गरेका थिए।

अदालतकाे आदेश


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *