रेडक्रसलाई एम्बुलेन्स
दमक । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय ९युएनएचसीआर०ले यहाँस्थित नेपाल रेडक्रस सोसाइटीलाई बिरामी उपचारमा प्रयोग गरिने एउटा एम्बुलेन्स प्रदान गरेको छ । उच्चायोगको टोली दमक आएर रेडक्रस उपशाखालाई एउटा एम्बुलेन्स प्रदान गरेको हो ।
उच्चायोगका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुबहादुर थापाले एम्बुलेन्सको साँचो रेडक्रस उपशाखालाई हस्तान्तरण गरेको सभापति प्रकाश बुढाथोकीले बताए । मानवीय सेवामा काम गरिआएको रेडक्रसलाई यसअघिसमेत युएनएचसीआरले करीब रु २६ लाख मूल्यपर्ने एक थान थाइराइड जाँच्ने उपकरण प्रदान गरेको सभापति बुढाथोकीले बताए । करीब दुईदशक पहिले स्थापना गरिएको यहाँको रेडक्रसमा योसँगै एम्बुलेन्सको सङ्ख्या तीन पुगेको छ ।
यसैबीच आज नै युएनएचसीआरले मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविरलाई लक्षित गरी त्यहाँको एक संस्थालाई समेत एउटा एम्बुलेन्स प्रदान गरेको थियो ।







डिसी नेपाल








Facebook Comment