नेपालबाट भागेर भारत पुगेका प्रेमी जोडी बिक्रम र उर्मिलाले एकसाथ आत्महत्या गरे

डिसी नेपाल
५ चैत २०७७ १०:४९

काठमाडौं। नेपालबाट भागेर भारत पुगेका प्रेमी जोडीले एकसाथ आत्महत्या गरेका छन् । उनीहरु केही दिन पहिले मात्र नेपालबाट भागेर भारत गइ उत्तर प्रदेशको भदोही जिल्लाको गोपिगंज कोतवाली क्षेत्रमा रहेको एक गलैंचा कम्पनीमा काम गरेर बसेका थिए । उनीहरुले बुधबार शंकास्पद परिस्थितिमा झुण्डिएर आत्महत्या गरेको भारतीय अखबार पंजाब केसरीले जनाएको छ ।

पुलिस सूत्रका अनुसार यो जोडी केही दिन पहिले मात्र नेपालबाट भागेर भारत पुगेका थिए । त्यहाँ उनीहरुले एक गलैंचा कम्पनीमा बुनाइको काम गरेर बसेका थिए । बुधबार बिहान शंकास्पद परिस्थितिमा उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको हो । पुलिस सूत्रका अनुसार यो जोडी नेपालको बारा जिल्लाको निजगढका हुन् ।

मृतकहरु निजगढका २४ वर्षका बिक्रम र निजगढकै उर्मिला भएको बताइएको छ । उनीहरुको पूरा नाम र महिलाको उमेर खुलाइएको छैन । उर्मिला पहिले नै विवाहित भएको बताइएको छ । विवाहित उर्मिला र बिक्रमको प्रेम भएपछि उनीहरु केही दिन पहिले भागेर भदोहीको गोपिगंज पुगेका थिए । उनीहरु त्यहाँ गलैंचा बुन्ने काम गरेर बस्थे । बुधबार बिहान उनीहरुको शव कम्पनी परिसरकै एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । पुलिसले थप जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *