बैंकिङ कसुरमा संलग्न पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
ब्युरोका अनुसार बैंकिङ कसूर(चेक बाउन्स) मुद्दामा गत माघमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका दुई जना पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा महेन्द्रनारायण श्रेष्ठ रहेका छन् । उनीमाथिको मुद्दामा अदालतले चार दिन कैद र रु २० लाख जरिवाना हुने ठहर भएको थियो ।
यस्तै ब्युरोको टोलीले चार दिन कैद र रु १० लाख ३५ हजार जरिवाना हुने फैसला भई फरार हुँदै आएका बूढानीलकण्ठ निवासी लाक्पा लामालाई पनि आज पक्राउ गरेको छ । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब महानिरीक्षक थापाले जानकारी दिए ।
यस्तै ब्युरोले वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकस्थित बेथानचोक गाउँपालिकाबाट चितुवाको छाला तथा हड्डी (आखेटोपहार)सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा काभ्रेको खानीखोलाका टेबहादुर थिङलाई पक्राउ गरिएको ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ । रासस







डिसी नेपाल








Facebook Comment