सात सय ८३ घरधुरीमा धारा जडान

डिसी नेपाल
६ चैत २०७७ २३:१६
24
Shares

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१४ वडाका ७८३ घरधुरीमा पानीको धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ अभियानअन्र्तगत यस वडाका सबै घरधुरीमा खानेपानी पुर्याउने अभियान अन्तिम चरणमा पुगेको छ । वडाभित्र रहेका ८२९ घरधुरीमध्ये अधिकांश घरमा धारा जडान गरिसकिएको छ । आँपटोलका ४६ घरमा धारा जडान गर्न बाँकी रहेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

पानीको अभाव रहेको रुम्सी, ठिन, कुलुङ, छाब्दी, बेलबास, मास्दी, सोधेर, बलेडाँडामा धारा निर्माणको कार्य भइसकेको वडाध्यक्ष श्रेष्ठले बताए । व्यास नगरपालिकाको रु ३९ लाख ५० हजार र स्थानीय श्रमदानसहित करिब रु ५० लाखको लागतमा खानेपानी अभाव रहेको नयाँ गाउँका सबै घरमा खानेपानी धारा जडान गरिएको उनले बताए।

एक गाग्री पानी लिनका लागि घण्टौँ लगाएर कुवा तथा धारामा जानु पर्ने बाध्यतालाई अन्त्य गर्न नगरपालिकाले खानेपानीलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको थियो । एक घर कार्यक्रमअन्तर्गत नयाँगाउँका ५५ घरमा बनेका धाराहरुको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले केही दिनअघि मात्रै उद्घाटन गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *