हेलिकप्टरमा प्यारासुट अल्झिएपछि हावामा झुण्डिइरहे सैनिक

डिसी नेपाल
७ चैत २०७७ १३:३८
3.2k
Shares

काठमाडौं। उडिरहेको हेलिकप्टरबाट प्यासुटसहित हाम्फालेका एक सैनिकको प्यारासुट सोही हेलिकप्टरमा अल्झिएपछि कैयौं समयसम्म ती सैनिक हापामै झुण्डिइरहनु परेको छ । पाइलटले निकै सुझबुझपूर्ण तरिकाले हेलिकप्टर तल ओरालेर ती सैनिकलाई बचाएका छन् । हेलिकप्टरमा झुण्डिएका ती रुसी सैनिकलाई कुनै चोट भने लागेको छैन । यो पूरै घटनालाई एक व्यक्तिले भिडियोमा रेहर्ड गरेका थिए ।

डेलीमेलको रिपोर्टअनुसार रुसको कस्टक नजिकै ती सैनिकले हेलिकप्टरबाट हाम्फालेका थिए । ६ हजार ५ सय फिटको उचाइबाट हाम्फालेका ती सैनिकको प्यारासुट भने हेलिकप्टरमै अल्झियो । प्यारासुट अल्झिएपछि ती सैनिक उडिरहेको हेलिकप्टरमा झुण्डिइरहे । त्यहाँको तापक्रम माइनस २० डिग्री सेल्सियस भएकोले ती सैनिकलाई समस्या भयो तर उनलाई सुरक्षित तल ओरालियो ।

यो पूरै घटनालाई त्यहाँका स्थानीय म्याक्सिम स्टिफनोभिचले क्यामेरामा रेकर्ड गरेका थिए । स्थानीय मिडियासँग कुरा गर्दै म्याक्सिमले भने ‘मैले केही आवाज सुनेपछि आमाशमा हेर्दा हेलिकप्टर देखें । सुरुमा मलाई सेनाले कुनै प्रयोग गरिरहेको जस्तो लाग्यो । तर जब मैले फोनको क्यामेरालाई जुम गरें त्यसपछि हेलिकप्टरमा एक व्यक्ति झुण्डिइरहेको देखें ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.