पाकिस्तानी प्रधानमन्त्री इमरानलाई कोरोना संक्रमण, केहिदिन पहिलामात्र लगाएका थिए खोप

डिसी नेपाल
७ चैत २०७७ १६:१९
164
Shares

इस्लामावाद (एजेन्सी)। पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोना संक्रमित भएका छन्। प्रधानमन्त्रीका स्वास्थ्य मामिला सल्लाहाकार फैसल सुल्तानले ट्वीट गर्दै प्रधानमन्त्री खान कोरोना संक्रमित भएको जानकारी दिएका छन्।

प्रधानमन्त्री खानको शनिबार आएको पीसीआर रिपोर्टमा उनमा संक्रमण भएको पुष्टि भएको हो। प्रधानमन्त्री खान कोरोनाको रिपोर्ट आएपछि सेल्फ आइसोलेसनमा बसेकोसमेत बताइएको छ। उनले केही दिनअघिमात्र चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको पहिलो डोज लिएका थिए। उनले सिनोभ्याक्स खोप लिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *