खोलाले बगाएको सीमा स्तम्भ भेटियो
झापा। खोलाले बगाउँदा हराएको नेपाल–भारत सीमा छुट्याउने सीमा स्तम्भ फेला परेको छ। झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको बीचमा रहेको सीमा स्तम्भ खोलाले बगाएको थियो। सशस्त्र प्रहरीको टोलीले शुक्रबार सो स्तम्भ फेला पारेको हो। सीमा स्तम्भ नम्बर ११९–८ फेला परेको हो।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा
स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारेको एपीएफले जनाएको छ। सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको एपीएफले जनाएकोृ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment