२१ वर्षकी गर्भवतीको हत्या गरेर पेटभित्रको बच्चा चोरी
काठमाडौं। एक गर्भवती महिलाको हत्या गरेर उनको पेटभित्रको बच्चा चोरी भएको छ । उनको गर्भभित्र रहेको बच्चा छोरा भएको समाचारमा जनाइएको छ । बच्चा पाउनको लागि जेसुकै गर्न तयार रहेको बताउने एक महिलाले उनको पेटको बच्चा चोरेकी हुन् । २१ वर्षकी पामेला फेरेइरा आन्द्राडे मार्टिन्स ८ महिनाकी गर्भवती थिइन् । ब्राजिलको नोभा होलान्डास्थित उनको घरको बाथरुमको ढोका फुटाएर पुलिसले उनको शव बरामद गरेको हो ।
पुलिसले उनको शव भेट्दा उनको शरीर टुक्रा टुक्रा पारिएको थियो, पेट खुला थियो र नवजात शिशु हराइरहेको थियो । २२ वर्षकी अर्की एक महिलालाई पक्राउ गरिएको छ र पक्राउ परेकी महिलाको पहिचान खुलाइएको छैन । ती महिला मृत शिशु लिएर एक अस्पतालको ए एण्ड इ युनिटमा गएका बेला पक्राउ परेकी हुन् । ती महिलाले आफैंले छोरा जन्माएको र बच्चाको साथमा सिढीबाट लडेको डाक्टरहरुलाई बताएकी थिइन् ।
ब्राजिलको मिडिया जी वनका अनुसार परीक्षणका क्रममा उनी गर्भवती नै नभएको खुलासा भएको थियो । उनको हाते ब्यागमा एउटा चक्कु फेला परेको थियो । उनलाई पामेला मारिएका दिन पामेलाको साथमा देखिएको थियो । पामेलाका परिवारले पुलिसलाई बताएअनुसार ती महिला बच्चा पाउनको लागि निकै लालायित थिइन् र बच्चा प्राप्त गर्नको लागि जेसुकै गर्न तयार रहेको बताएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment