विश्वकै शक्तिशाली सेनाको र्‍याङ्किङमा चीनले उछिन्यो अमेरिकालाई, भारत झन पछाडि

डिसी नेपाल
८ चैत २०७७ २०:३३
6.8k
Shares

काठमाडौं। विश्वभरको सैन्या शक्तिबारे र्‍याङ्किङ गर्ने मिलिटरी डाइरेक्टले गरेको एक अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ। जसले विश्वका मुख्य शक्तिशाली सेनाको सूची तयार पारेको छ। उसको सूचीअनुसार विश्वमै सबैभन्दा शक्तिशाली सेनाको एक नम्बरमा उत्तरी छिमेकी मुलुक चीनको सेना रहेको छ।

चिनियाँ सेना अमेरिकी सेनाभन्दा पनि शक्तिशाली रहेको यो अध्ययनले देखाएको छ। सक्रिय सेना, रिजर्भ सेना, सैन्य सामाग्री, रक्षा बजेटलगायतका आधारमा गरिएको विश्लेषण अनुसार सेनाको वर्गीकरण गरिएको हो।

अध्ययनअनुसार अमेरिकाभन्दा रक्षा बजेट कम भए पनि चिनियाँ सेना सूचीको एक नम्बरमा छ भने दुई नम्बरमा अमेरिकी सेना छ। यस्तै तेस्रो नम्बरमा रुसी सेना रहेको छ भने चौथो नम्बरमा दक्षिणी छिमेकी भारतीय सेना रहेको छ। यस्तै पाँचौं नम्बरमा फ्रान्सको सेना रहेको छ।

हवाई सेनाको शक्तिमा अमेरिका अगाडि देखिन्छ भने स्थल सेनामा रुस सबैभन्दा बलियो देखिन्छ। यस्तै जल सेनामा चीन सबैभन्दा बलियो देखिन्छ। र चीनमा विश्वमै सबैभन्दा धेरै सक्रिय सेना रहेको बताइएको छ। यी सबै देश परमाणु शक्ति सम्पन्न छन्। रुससँग सबैभन्दा धेरै परमाणु हतियार रहेको अनुमान गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *