दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच टकराव

डिसी नेपाल
९ चैत २०७७ २०:२१
1.3k
Shares

बेइजिङ (एजेन्सी)। फिलिपिन्सले दक्षिण चीन सागरको आफ्नो जल क्षेत्रमा चिनियाँ पानी जहाज आएको भन्दै ती जहाजहरु हटाउन भनेका छ। फिलिपिन्सले आफ्नो जल क्षेत्रमा २ सय चिनियाँ जहाजले कब्जा गरेको आरोप लगाएको छ।

दक्षिण चीन सागरमा आफ्नो अधिकार क्षेत्रलाई लिएर चीन, फिलिपिन्स, भियतनाम, ब्रुनाइ, मलेसिया र ताइवानबीच तनाव भइरहन्छ। पछिल्ला दिनहरुमा यो तनाव अझ बढेको छ। एक अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा आफ्नो दावी रहेको भन्ने चिनियाँ दावीलाई खारेज गरिदिएपछि यो मामिला झन बढेको छ।

फिलिपिन्सका रक्षामन्त्री डेल्फिल लोरेन्जानाले चीनले फिलिपिन्सको अधिकार क्षेत्रको उल्लंघन गरेको बताएका छन्। उनले चिनियाँ जहाजमा मछुमारा नभएर लडाकु रहेकोसमेत दावी गरेका छन्। चीनले विवादित जल क्षेत्रमा एक द्वीप पनि बनाएको छ। र सैन्य शक्ति विस्तार पनि गरेको छ। साथै उसले नियमित गस्ती पनि गर्दै आएको छ। तर, चीनले यो सबै शान्तिपूर्ण उद्देश्यका लागि भन्दै आएको छ।

७ मार्चमा दक्षिण चीन सागरमा फिलिपिन्सका तटरक्षकहरुले केही तस्वीर सार्वजनिक गरेका थिए। जसमा व्हिटसन रीफमा केही चिनियाँ जहाज देखिन्छन्।

फिलिपिन्ससको क्रस–गभर्नमेन्ट टास्क फोर्सले यो रीफ फिलिपिन्सको विशेष आर्थिक क्षेत्र भित्र रहेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *