दुई करोड ६५ लाख नाइजेरियाली बालबालिकालाई पानीको अभावः युनिसेफ

डिसी नेपाल
९ चैत २०७७ २२:५२
20
Shares

अबुजा । नाइजेरियाका झन्डै एक तिहाइ बच्चाहरूलाई पर्याप्त पानीको अभाव रहेको संयुक्त राष्ट्र सङ्घ बालकोष (युनिसेफ) ले सोमबार जनाएको छ । राष्ट्रसङ्घले यस समस्यालाई सम्बोधन गर्न तुरुन्त कदम चाल्ने आह्वान गरेको छ ।

विश्व पानी दिवसको अवसरमा जारी गरिएको एक विज्ञप्तिमा युनिसेफले भनेको छ, “विश्वमा ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसले पानीको उच्च जोखिमको क्षेत्रमा बसिरहेका छन् ।”
विश्वभरिका प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

युनिसेफको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको हो ।

पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन् ।

यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ ।

रासस\एएनआई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.