केही मिनेटमै २६ जना मानिसलाई मार्न सक्ने जीवलाई नचिनेर हातमा खेलाउँदा…
काठमाडौं। इङल्याण्डकी एक महिला हालै इण्डोनेसियाको बालीमा विदा मनाउन गएकी थिइन् । यही क्रममा उनले बालीको समुद्र किनारमा एउटा सानो अक्टोपसलाई हत्केलामा खेलाउँदै भिडियो खिचिन् । तर, उनलाई थाहा थिएन कि त्यो अक्टोपस निकै खतरनाक थियो जसले केही मिनेटमै २६ जना मानिसलाई मार्न सक्थ्यो ।
द सनको रिपोर्टअनुसार केलिन नामकी यी महिलाले टिकटकमा भिडियो पोस्ट गरेकी छिन् । भिडियोमा केलिनको हातमा ब्लु रिंग अक्टोपस देख्न सकिन्छ । भिडियोमा अगाडि केलिनले यो अक्टोपसको बारेमा गुगलमा खोजी गरिरहेको देख्न सकिन्छ । गुगलमा उनले यो अक्टोपसले केही मिनेटमै २६ जनालाई मार्न सक्ने जानकारी पाउँछिन् ।
यो ब्लु रिंग अक्टोपसले टोक्दा कासै दुख्दैन तर १० मिनेटमै शरीर सुन्न हुन्छ । यो अक्टोपसको विषमा न्यूरोटक्सिन टेट्रोडोटक्सिन हुन्छ जसले कुनै पनि मानिसलाई केही सेकेण्डमै पक्षघातग्रस्त बनाउन सक्छ । त्यसपछि मानिसको शरीरमा अक्सिजनको कमी हुन्छ र मानिसको मृत्यु हुन्छ ।
यो अक्टोपसको शरीर पहेंलो रंगको हुन्छ र रिंग नीलो रंगका हुन्छन् । यी रिंग त्यतिबेला मात्र देखिन्छन् जब यो अक्टोपसलाई डिस्टर्ब गरिन्छ । आम रुपमा यी अक्टोपस रातमा सक्रिय हुन्छन् र दिनको समयमा निकै कम मात्रामा देखिन्छन् । यो अक्टोपसले टोक्दा पीडा हुँदैन तर केही मिनेटमै मानिसलाई सास फेर्न समस्या हुन्छ र तत्काल अस्पताल नलगिए मृत्यु हुन्छ ।







डिसी नेपाल








Facebook Comment