जर्मनीमा तीन साता लकडाउन थपियो

डिसी नेपाल
१० चैत २०७७ १६:२३
88
Shares

बीबीसी । कोभिडको तेस्रो लहरका कारण जर्मनीले तीन साता लकडाउन थपेको छ। लकडाउनका कारण इस्टर चाड प्रभावित हुने भएको छ।

क्षेत्रीय नेताहरूसँग छलफलपछि चान्सलर एन्जेला मर्केलले अहिलेको प्रतिबन्ध अप्रिल १८ सम्म लागु हुने बताएकी छन्। अप्रिल १ देखि ५ सम्म कडा प्रतिबन्ध लगाइने र पसलहरू बन्द गरिने छ।

मर्केलले जर्मनी अहिले अत्यन्तै गम्भीर अवस्थामा रहेको बताएकी छन्। “सङ्क्रमण ज्यादै बढेको छ र सघन उपचार कक्षहरू भरिन थालेका छन्,” उनले भनिन्।

गत २४ घण्टामा थप ७,४८५ जना सङ्क्रमित र २५० मृत्यु भएको जर्मनीमा सङ्क्रमण दर प्रति एक लाख जनसङ्ख्यामा १०० भन्दा बढी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.