विदेश जानेलाई ५,००० पाउन्ड जरिवाना हुने !
बीबीसी । उचित कारणबिना विदेश भ्रमणमा जाने इङ्ग्ल्यान्डका नागरिकलाई ५,००० पाउन्ड जरिवाना हुने नयाँ कोरोनाभाइरस कानुन आगामी सातादेखि लागु हुँदैछ।
त्यहाँका सांसदले बिहीवार पारित गरेको कानुनको बिना कुनै राम्रो कारण विदेश भ्रमण गर्ने नागरिकलाई जरिवाना गर्ने प्रावधान छ। सोमवारसम्म लागु हुने नियममा पनि विदेश भ्रमण वर्जित थियो।
अब त्यो प्रतिबन्ध यूकेमा रहेका सबैलाई कानुनका रूपमा लागु हुने भएको छ। अहिलेको योजनानुसार बिदा मनाउन विदेश जाने प्रतिबन्ध कम्तीमा मे १६ सम्म लागु हुनेछ। तर हाल युरोप र अन्यत्र बढिरहेको सङ्क्रमणका कारण यो पछि धकेलिने सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment