सामान्य रुघाखोकीको भाइरसले मानिसलाई कोरोनाभाइरसबाट बचाउँछ
काठमाडौं। सामान्य रुघाखोकीको भाइरसले हामीलाई कोरोनाभाइरसबाट बचाउँछ । बेलायतको ग्लासगो युनिभर्सिटीका शोधकर्ताहरुले यसको खुलासा गरेका हुन् । वैज्ञानिकका अनुसार रुघाखोकीको भाइरस अर्थात राइनोभाइरसले कोरोनाभाइरसलाई आफ्नो प्रतिरुप (रेप्लिकेसन) बनाउनबाट रोक्छ । यसको लागि राइनोभाइरसले मानव शरीरको रोग प्रतिरोधक प्रणालीलाई विशेष किसिमको सन्देश दिन्छ । त्यसपछि प्रतिरोधी प्रणालीले कोभिड–१९ लाई अरु भाइरस बनाउनबाट रोक्छ ।
बीबीसीको रिपोर्टअनुसार ग्लासगो युनिभर्सिटीको सेन्टर फर भाइरस रिसर्च (सीभीआर)का वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन् । यो नयाँ अध्ययनलाई जर्नल अफ इन्फेक्सियस डिजिजमा प्रकाशित गरिएको छ । यो अध्ययनमा स्पष्ट रुपमा सामान्य रुघाखोकी गराउने भाइरस अर्थात राइनोभाइरसले कोरोनाभाइरसको संक्रमण रोक्न मद्दत गर्छ । जति मानिसहरुलाई रुघाखोकी लागेको हुन्छ तीमध्ये ४० प्रतिशत मानिसहरुलाई राइनोभाइरसको संक्रमण भएको हुन्छ । रुघाखोकी धेरै दिनसम्म रहँदैन ।
मानिसको शरीरमा यदि एउटा भाइरस पहिल्यै छ भने त्यो शरीरमा प्रवेश गर्ने नयाँ भाइरसले सुरुमै पहिलेदेखि भएको भाइरससँग संघर्ष गर्नुपर्छ । अर्थात शरीरमा त्यही भाइरस रहन्छ जुन भाइरसले जित्छ जो वैज्ञानिक चार्ल्स डार्विनको सर्भाभल अफ फिटेस्ट सिद्धान्त हो । केही यस्ता भाइरस पनि हुन्छन् जो आफ्ना निकटका भाइरससँग मिलेर शरीरमा रहन्छन्, जस्तै एडिनोभाइरस कुनै पनि अन्य भाइरससँग शरीरमा रहन सक्छ ।
The common cold virus may offer some protection against #COVID19 infection
A new UofG @CVRinfo study found that human rhinovirus triggers an immune response that blocks #SARSCoV2 ?#WorldChangingGlasgow
More➡️https://t.co/ut5x4f9xIv
Study➡️https://t.co/0O6Xl2St4e pic.twitter.com/ecrpZh9PU3— University of Glasgow (@UofGlasgow) March 23, 2021
सामान्य रुघाखोकीको भाइरस भने कुनै पनि शरीरमा एक्लै रहन चाहन्छ । यो भाइरस मानव शरीरमा एक्लै प्रवेश गर्छ र एक्लै रहन चाहन्छ । राइनोभाइरस पहिलेदेखि नै शरीरमा भएको अवस्थामा अर्को भाइरस शरीरमा प्रवेश गर्न चाहेमा दुई भाइरसबीच संघर्ष हुन्छ । यही जानकारीको सहयोगमा ग्लासगो युनिभर्सिटीका वैज्ञानिकहरुले मानव शरीरका श्वास नलीको प्रतिकृति (रेप्लिका) बनाए । त्यसपछि यसमा कोरोनाभाइरस र राइनोभाइरसलाई एकसाथ छोडियो ताकि यी दुवैले मिलेर संक्रमण फैलाउन सकुन् र वैज्ञानिकले यी भाइरसको गतिविधि निगरानी गर्न सकुन् ।
अवलोकनको क्रममा आश्चर्यजनक नतिजा देखियो । राइनोभाइरसले कोरोनाभाइरसलाई श्वास नलीको कोशिकाभित्र आउन दिएन उसलाई बाहिरै राख्यो । यसबाट वैज्ञानिकले शरीरमा राइनोभाइरस भएको अवस्थामा कोरोनाभाइरस पूर्ण रुपमा प्रवेश गर्न नसक्ने निष्कर्षमा पुगे । यो अध्ययनले भविष्यमा के हुन्छ भन्ने कुरा भने बताउँदैन । अध्ययनमा राइनोभाइरसको संक्रमण २४ घण्टासम्म निकै बलियो रह्यो । यस क्रममा कोरोनाभाइरस मानव शरीरको कोशिकामा प्रवेश गर्न पाएन । यसको प्रस्ट अर्थ हो जबसम्म शरीरमा राइनोभाइरस हुन्छ तबसम्म कोरोनाभाइरसको खतरा हुँदैन ।
यो अध्ययन गर्ने वैज्ञानिक प्रोफेसर पाब्लो मुर्सियाका अनुसार राइनोभाइरसले मानव शरीरमा यस्तो प्रतिरोधी प्रणाली विकास गर्छ जसका कारण श्वास तन्त्रको बाहिरी कोशिकाहरुले कोरोनाभाइरसलाई प्रतिकृति बनाउनबाट रोक्छन् । यद्यपि यो केही समयको लागि मात्रै हुन्छ । राइनोभाइरसका कारण विकसित भएको प्रतिरोधी क्षमता केही दिनको लागि मात्र हुन्छ त्यसपछि यो क्षमता कमजोर हुन थाल्छ ।







डिसी नेपाल








Facebook Comment