गुरु श्याल्पा तेन्जी रिम्पोचेद्वारा ‘खुशी’ गीत सार्वजनिक

डिसी नेपाल
१६ चैत २०७७ १३:४२
228
Shares

काठमाडौं। दार्शनिक गुरु श्याल्पा तेन्जी रिम्पोचेद्वारा ‘खुशी’ गीत सार्वजनिक गरिएको छ। बौद्ध धर्मसँग सम्बन्धित उक्त गीत एक कार्यक्रम बीच काठमाडौंमा सार्वजनिक गरिएको हो।

जीवन दर्शनसम्बन्धी ‘खुशी’ सार्वजनिक गर्दै रिन्पोचेले नेपाल कुनै धर्मसँग मात्रै सम्बन्धित नभइ विश्व शान्तिको आधार रहेको विश्व सामु प्रमाणित भइसकेको र यस जीवन दर्शन भजनले नेपालबाट विश्वसामु खुशी र शान्तिका लागि अर्काे बिगुल फुक्न सकिने जिकिर गरे।

उनले नमो बुद्धया, नमो धर्मया, नमो संघया त्रिरत्नलाई नयाँ लायबाट तयार पारिएको भजनको सार्वजनिक समयमा त्रिरत्न अर्थात् नमो बुद्धया, नमो धर्मया, नमो संघयाको बारेमा प्रवचन समेत दिएका थिए। मान्छेको जीवनलाई हेर्न अध्यात्मिक ज्ञानको आवश्यक हुने उनको भनाइ थियो।

चर्चित संगीतकार तथा गायक चन्द्रकुमार दोङले संगीत दिएको यस संगीतले मानव जीवनलाई नै परिवर्तन गराउने गीत बनेको बताए। उनले यो गीतले आफ्नो सांगीतिक यात्रामा अहिलेसम्मकै सन्तुष्टि प्राप्त गरेको बताए।

उनकै संगीत र स्वरमा रहेको संसारिक माया निकै चलेको भजन हो। यो संगीत पनि संसारिक माया जस्तै चल्ने उनले विश्वास ब्यक्त गरे। संगीतिक यात्रामा सफलता प्राप्त गरिसकेका दोङले अबका बाँकी जीवनमा माया पिरतीको गीतहरुभन्दा यस्तै प्रेरणामूलक गीतहरुलाई समय दिने बताए।

गीतमा चर्चित गायिका निर्मला घिसिङले स्वर दिएको छ। कल्पनाभन्दा बाहिरको गित बनेकोमा आफै दंग रहेको गायिका निर्मलाको भनाइ थियो। गितको एरेन्जर नुर्बु शेर्पाले गरेका हुन्। मिक्सिङ गोबिन्दा सोनी, रेकर्डिस्ट बिक्रम डिम्दुङ गरेका हुन भने नक्शालको जेनिरिक स्टुडियोमा रेकर्ड गरिएको हो।

पूरा गीतको अडियो तयार भइसकेको तर भिडियो भने चाँडै आउने जनाइएको छ। भिडियोसहितको गितलाई सार्वजनिक गर्ने योजना रहेतापनि यस गीतमा रहेको त्रिरत्न नमो बुद्धया, नमो संघया भन्ने कोरसको भजन भने बाहिर आइसकेको छ।

संगीतलाई लुम्बिनीमा निर्माणाधीन पिस सेन्चुरीको लागि सहयोग स्वरुप पिस सेन्चुरी निर्माणका संस्थापक दर्शनशास्त्री रिन्पोचे श्याल्पा तेन्जिको संस्था महासिद्धा सेन्चुरीलाई दिइसकेको रचनाकार मिलन तामाङले जानकारी दिए।

केही समयमै यो गीतलाई विश्वको बिभिन्न भाषामा अनुवाद गरिने योजना रहेको बताइएको छ। शान्तिको दूत गौतमबुद्धको जन्मथलो लुुम्बिनीमा श्याल्पा तेन्जी रिन्पोचेको बिशेष पहलमा निर्माणाधीन पिस सेन्चुरी अर्थात पवित्र घर विश्वकै उत्कृष्ट पवित्र मन्दिर निर्माणले विश्वसामु नेपालको पहिचानका लागि निकै ठूलो योगदान दिनेछ ।

नेपाल राष्ट्रकै गौरबको योजना रहेको पबित्र घरको निर्माणका लागि सानो सहयोग स्वरुप संस्थालाई दिइने जनाइएको छ। विश्वका मानिसहरुसँग मुठी दान जम्मा गरी थालिएको यो अभियानलाई सफल पार्न एक डलर, एक रुपैयाँ सहयोग गर्न सबैमा अपिल समेत गरिएको छ।

अन्तर्राष्ट्रिय स्ट्याण्डरको सम्मेलन हल, पिस् पुस्तकालय, मेडिटेसन हलसहितको निकै ठूलो महत्वकांक्षीको पवित्र घरलाई तीन वर्षभित्रमा सम्पन्न गर्ने योजना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.