नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन

डिसी नेपाल
१७ चैत २०७७ १०:५०

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

मूल्य समायोजन हुनेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्। यी कम्पनीहरुको बोनस र साधारण सभाको बुकक्लोजसँगै मंगलबार मूल्य समायोजन गरिएको हो।

ग्रीन डेभलपमेन्ट बैंकको ३ दशमलव ८० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ सय ६९ रूपैयाँ निर्धारण गरेको छ। सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ सय ७५ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।

यस्तै मिथिला लघुवित्तको १२ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ६ सय ४२ रूपैयाँ निर्धारण गरेको छ। सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ८ सय ३९ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।

नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनसपछि ७ सय ८१ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ। सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *