फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्चमा
फाइल फाेटाे।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्वोच्च अदालत पुगेका छन्। गत फागनु २३ गतेको सर्वोच्चको फैसला पुनरावलोकन गराउन निवेदनसहित सर्वोच्च पुगेका हुन्।
गत फागुन २३ गते सर्वोच्चले तत्कालीन नेकपालाई २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण हुनुपूर्वको अवस्थामा फर्काइदिएको फैसला विरुद्ध प्रचण्ड सर्वोच्च पुगेका हुन। उनले नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित कानून व्यवसायीहरुसँग छलफल गरेका थिए।
कानुन व्यवसायी अधिवक्त शम्भु थापा, रामनारायण विडारी र रमण श्रेष्ठलगायतले पुनरावलोकनका लागि निवेदन तयार पारेर प्रचण्डसँगै अदालत पुगेका छन्।
सर्वोच्च अदालतले ऋषि कट्टेल अध्यक्ष भएको नेकपालाई मान्यता दिने र एमाले र माओवादीको एकीकरण बदर गर्ने फैसला गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment