मन छुने पिपलु म्युजिक भिडियो सार्वजनिक (भिडियो)

डिसी नेपाल
१७ चैत २०७७ २२:२२

काठमाडौं । अमेरिकामा बस्दै आएका सप्तरी महुलिका अर्जुन थापाको रचना तथा संगीतमा रहेको ‘म त परे वर माया, तिमी पिपलु’ बोलको गीतको भिडियो डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक भएको भएको छ ।

धेरै दर्शक र स्रोताको मन छोएको सो गीतको गायन सुमन केसी र अस्मिता अधिकारीले गरेका हुन् भने कलाकार नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको छ । गीतको निर्देशन शान थापाले गरेका हुन् ।

रचनाकार थापाले अहिले सम्म करिब १६ गीत निकालेका छन् । उनले दुई वटा एल्बम अटल र अनुपम अटल निकालिसकेका छन् । तिनमा चर्चित गायकहरु स्वरुप राज आचार्य, राम कृष्ण ढकाल ,राजेश पायल राई, दिपक लिम्बु , निखीता थापा, शिब परियार , मेलिना राई लगायतको संलग्नता रही सकेको छ ।

सानै देखि नाटक र कविता लेख्ने थापा थप गीत लेख्न पनि आफु कस्सिएको बताउछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *