“जनआन्दोलन स्वर्ण पदक”बाट मह जोडी सम्मानित
काठमाडौं। वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ। सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्वय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेका हुन्।
त्यस अवसरमा उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको खुलेर प्रशंशा गरेका थिए। उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गरे।
२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो। स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उहाँको जन्मजयन्ति र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment