‘ग्लोबल एनआरएन सिङ्गिङ आइडल, सेकेण्ड जेनेरेशन–२०२१’ हुँदै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले, मध्यपूर्व क्षेतीय युवा विभागले ‘ग्लोबल एनआरएन सिङ्गिङ आइडल, सेकेण्ड जेनेरेशन–२०२१’को पहिलो सिजन आयोजना गर्ने भएको छ।
नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरुलाई पहिचान एवं प्रवर्धन गर्ने उद्देश्यले सिङ्गिङ आइडलको आयोजना गर्न लागिएको विभागले जनाएको छ।
दोश्रो पुस्ताको यो अभियानमा ४९ वर्षसम्मका गायक गायिकाले भर्चुअल माध्याममार्फत सहभागीता जनाउन सक्ने विभागले जनाएको छ। विभागका अनुसार सार्क मुलुक बाहेकका राष्ट्रहरुका प्रतियोगीहरुलाई सहभागी गराइने छ।
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् भने विवेक खतिवडाले उद्घोषण गर्ने छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment