त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको लागि प्रारम्भिक टोलीको घोषणा

डिसी नेपाल
२२ चैत २०७७ १६:१५
108
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो । नेपाली टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ ।

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी:

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल,लोकेश बम, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित नारायण राजवंशी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *