चीनले दिएको कोरोनाविरुद्धको खोप चैत २५ गतेदेखि लगाइने

डिसी नेपाल
२२ चैत २०७७ १७:३८
140
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मित्रराष्ट्र चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप चैत २५ गते (बुधबार)देखि लगाउन सुरु गर्ने भएको छ ।

मन्त्रालयद्वारा नियमित ब्रिफिङका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले चैत २५ गते बुधबारबाट काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिए ।

‘मित्रराष्ट्र चीन सरकारबाट प्राप्त खोप चैत २५ गतेबाट काठमाडौंका तोकिएका अस्पतालबाट दिने प्रबन्ध मिलाइएको छ ।’, उनले भने, ‘त्यसमा अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरु, हिमालयपार व्यापारमा संलग्न व्यक्तिहरु र चीनमा अध्ययनमा जानको लागि तयारी गरिरहेका व्यक्तिहरुले लगाउन सक्नुहुनेछ ।’

चीनले अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको खोपको ८ लाख डोज चैत १६ गते सोमबार काठमाडौं आइपुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.