एमाले विवादको प्रभाव प्रवासमा पनि, अस्ट्रेलियामा फुट्यो प्रवासी मञ्च

डिसी नेपाल
२३ चैत २०७७ १८:४९
152
Shares

क्यानबेरा। नेपालमा एमालेमा देखिएको आन्तरिक विवादको प्रभाव एमालेका प्रवास समितिहरुमा पनि देखिन थालेको छ। एमालेको अस्ट्रेलियामा क्रियाशील संगठन प्रवासी नेपाली मञ्च पनि विभाजित भएको छ।

ओली समूह निकट रहेका अस्ट्रेलियास्थित प्रवासी मञ्चका अध्यक्षले आफूखुशी निर्णय गरेको भन्दै माधव नेपाल समूह निकट रहेका नेताहरुले आफूहरुकै समूह आधिकारिक रहेको भन्दै प्रवासी मञ्च नेपालको समानान्तर समिति बनाएका छन्। प्रवासी मञ्च अस्ट्रेलियाका प्रवक्ता हरेराम चन्द्र राउतले एक विज्ञप्ति जारी गर्दै आफूहरुको समूह नै आधिकारिक रहेको बताएका छन्। उनले जारी गरेको विज्ञप्तिअनुार मञ्चको अध्यक्षमा राजन कुमार बस्नेत, उपाध्यक्षहरुमा माधव शाह, उपाध्यक्षमा प्रकाश सेढाई र लक्ष्मण श्रेष्ठ रहेका छन्। यस्तै महासचिवमा अच्युत शर्मा, सचिवमा नरेश थापा, कोषाध्यक्षमा पुर्ण लामीछाने, प्रवक्तामा हरेराम चन्द्र राउत र पब्लिक अफिसरमा सी के भुसाल रहेका छन्।

यस्तै सदस्यहरुमा ध्रुव सुवेदी, कमल देवकोटा, हरिलाल लामिछाने, अग्नीधर भण्डारी, वीरेन्द्र उदास, किशोर कुंवर, राजु मानन्धर, प्रकाश राया, सुभाष रानाभाट, किरण पौडेल, राज कुमार केसी, रमेश पौडेल, बिबेक अर्याल, भरत पन्त, उद्धब खड्का,  तारालाल घिसिंग, दामोदर रावल, रमेश सोडारी, अवानिश नेपाल, पविता मैनाली, मनसून राई र दीपिका तामांग रहेका छन्।

प्रवक्ता राउतले फागुन २३ को सर्वोच्चको फैसलालले एमालेलाई ब्युँताएपछि अध्यक्ष केपी शर्मा ओलीले ठूलो छाती बनाएर एमालेलाई सुदृढ गर्नुपर्नेमा त्यसो नगरी पार्टीलाई एकलौटी बनाउन खोज्दा समानान्तर गतिविधि गर्नु स्वभाविक रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *